ad ad

राजनीति


पेन्सलभेनियामा पनि बाइडेनले उल्ट्याए अग्रता, ट्रम्पको सम्भावना लगभग सकियो

पेन्सलभेनियामा पनि बाइडेनले उल्ट्याए अग्रता, ट्रम्पको सम्भावना लगभग सकियो

नेपालखबर
कात्तिक २१, २०७७ शुक्रबार १४:३५,

अमेरिकाको राष्ट्रपतीय निर्वाचनको नतिजा अझै आइसकेको छैन। मतगणना अन्तिम चरणमा पुग्दा पेन्सलभेनियामा पनि डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले अग्रता उल्ट्याएका छन्।

हालसम्म अघि रहेका राष्ट्रपति डोनाल्ड ट्रम्प पछि परेका छन्।

२० इलेक्टोरल मत रहेको पेन्सलभेनियामा बाइडेनले ५ हजार ६ सय मतको अग्रता लिएका हुन्।

यहाँ करिब एक लाख मत गिन्ती गर्न बाँकी छ। गणना बाँकी रहेको मतमा पनि बाइडेनको हिस्सा ज्यादा रहने अपेक्षा गरिएको छ।

यससँगै ट्रम्पले चुनाव जित्ने सम्भावना लगभग शून्य बनेको बताइएको छ। हाल नर्थ क्यारोलाइनामा मात्र ट्रम्प अगाडि छन्।

आजै बाइडेनले जर्जियामा पनि अग्रता कायम गरेका छन्।नेभाडामा उनी पहिलेदेखि नै अगाडि छन्। बाइडेनलाई राष्ट्रपति निर्वाचित हुन मात्र ६ इलेक्टोरल मत आवश्यक छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .