रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राजीनामा दिन लागेको भन्ने बेलायती सञ्चारमाध्यमको खबर झुठो भएको रुसले जनाएको छ।
शुक्रबार द सनले पुटिनलाई पार्किन्सन्सको लक्षण देखिन थालेको र चाँडै पद त्याग गर्नसक्ने समाचार प्रकाशित गरेको थियो।
तर, पुटिनका प्रवक्ता दिमित्री पेस्कोवले सो समाचारको खण्डन गरे।
पुटिनले पदत्याग गर्न लागेका हुन् भन्ने प्रश्नमा पेस्कोवको जवाफ थियो, ‘होइन। उहाँको स्वास्थ्य उत्तम छ।’
हालै रुसी संसदको तल्लो सदनले पूर्व राष्ट्रपतिहरुलाई पनि आपराधिक आरोपबाट छुटकारा दिने कानुन प्रस्ताव गरेपछि पुटिनको स्वास्थ्यबारे समाचार प्रकाशित गरेको थियो।
पुटिन सन् २००० मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका थिए। हाल उनी सन् १९५० पछि सबैभन्दा लामो समय सत्तामा रहने रुसी नेता बनेका छन्। एजेन्सी

प्रतिक्रिया