ad ad

राजनीति


पक्राउ परेका विप्लव नेतालाई पुरानो ज्यान मुद्दा

पक्राउ परेका विप्लव नेतालाई पुरानो ज्यान मुद्दा

वाशुदेव मिश्र
साउन १२, २०७६ आइतबार १४:२५,

पोखराबाट पक्राउ परेका विप्लव माओवादीका कास्की सेक्रेटरी लोकेन्द्र विकलाई प्रहरीले ज्यान मार्ने उद्योग तथा बिस्फोटक पदार्थसम्बन्धि मुद्धा लगाएको छ।

प्रहरीले उनीमाथि पोखराको पृथ्वीचोकमा सस्तो बजार सञ्चालन गर्दै आएका युवराज खतिवडामाथि आक्रमण गरेको तथा सस्तो बजारमा बिस्फोट गराएको अभियोग लगाएको हो।

बझाङ केदारस्यूँ स्थायी घर भई हाल तनहुँको बन्दीपुरमा बस्ने लोकेन्द्रलाई कास्की प्रहरीले शनिबार पक्राउ गरेको थियो। उनी हालै तनहुँबाट पोखराको सेक्रेटरी बनेर आएका थिए।

प्रहरीले २०७४ साल वैशाख १८ गते युवराजमाथि पोखराको नदीपुरमा भएको आक्रमणमा लोकेन्द्र संलग्न रहेको जिकिर गरेको हो। युवराजमाथि २ वटा मोटरसाइकलमा आएका व्यक्तिले आक्रमण गरेका थिए। सो आक्रमणमा परी उनी गम्भीर घाइते भएका थिए।

पोखराको पृथ्वीचोकमा सस्तो बजार सञ्चालन गर्ने क्रममा त्यहाँ बस्नेहरुमाथि ज्यादति गरेको भन्दै विप्लव माओवादीले त्यो बेला उनलाई त्यसो नगर्न चेतावनी दिएको थियो। त्यही क्रममा २०७४ सालको भदौ २६ गते सस्तो बजारको गेटमा बिस्फोट भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .