जर्जिया र पेन्सेल्भेनिया राज्यमा हाल पोस्टल मत गणना जारी छ। ती राज्यका विभिन्न स्थानमा ट्रम्प डमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनसँग पछाडि पर्न थालेका छन्।
यसबीचमा उनले पोस्टल मत ‘हुलाकमार्फत दिइएको मत’ निष्पक्ष नहुने आफूले पहिल्यैबाट बताएको जनाएका छन्।
वैध मतलाई मात्र गन्ने हो भने जित आफ्नो हुने ट्रम्पको भनाइ छ। तर चुनावमा धाँधली भएका कारण आफू विभिन्न स्थानमा पछाडि परेको उनले पत्रकार सम्मेलनमा बताए।
पोस्टल मत निष्पक्ष नहुने ट्रम्पको दाबीपछि विश्लेषकहरुले उक्त दाबी गलत भएको बताएका छन्। अन्तर्राष्ट्रिय पर्यवेक्षकले अमेरिकी चुनाव राम्रो र निष्पक्ष रुपमा सम्पन्न भएको बताएका छन्।
अमेरिकी राष्ट्रपति बन्न ५३८ मध्ये २७० इलेक्ट्रोरल कोलेज भोट चाहिन्छ। बीबीसीका अनुसार हालसम्मको परिणाम अनुसार जो बाइडेनल २५३ इलक्ट्रोरल कोलेज भोट प्राप्त गरिसकेका छन् भने ट्रम्पले २१४ इलेक्ट्रोरल कोलेज भोट पाएका छन्।
ओबामा प्रशासनका उपराष्ट्रपति बाइडेन राष्ट्रपति बन्ने दौडमा अगाडि रहँदा ट्रम्पले चुनावमा धाँधली भएको बताइरहेका हुन्।
Shares

प्रतिक्रिया