अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मत गणना जारी छ।
तर डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले आफू विजयी हुनेमा विश्वस्त रहेको बताएका छन्।
डेलावेयरमा बाइडेनले मत गणना अझै नरोकिएको बताउँदै आफूले जित्नेमा ढुक्क रहेको दाबी गरेका हुन्।
बीबीसीका अनुसार उनले भने, ‘म यहाँ आफूले आफैंलाई विजेता घोषणा गर्न आएको होइन, तर मत गणना सम्पन्न भएपछि विजयी म नै हुनेछु।’
बाइडनेले भने, ‘एक एक मतको गणना गरिनुपर्छ।’
तर रिपब्लिकन पार्टीबाट राष्ट्रपतिमा प्रतिस्पर्धी वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावमा धाँधली भएको दाबी गर्दै मत गणना रोकाउन अदालत जाने चेतावनी दिइरहेका छन्।
त्यसैलाई संकेत गर्दै बाइडेनले भने, ‘हाम्राे लाेकतन्त्रलाई हामीबाट कसैले अलग गराउन सक्दैन। म सबै अमेरिकी नागरिककाे राष्ट्रपति बन्छु। मैले जिते भनेँ न काेही रेड स्टेट न ब्लु स्टेट। हामी सबै युनाइटेट स्टेट अफ अमेरिका हुनेछाैँ।’
अमेरिकामा आगामी चार वर्षका लागि नयाँ राष्ट्रपति चयन गर्न मंगलबार मतदान सम्पन्न भएको हो।
याे पनि : जितनजिक पुगे बाइडेन, मतगणना रोक्ने प्रयासमा ट्रम्प
प्रतिक्रिया