राजनीति


बंगालको खाडीमा सुरु भयो क्वाड राष्ट्रको संयुक्त सैन्य अभ्यास

बंगालको खाडीमा सुरु भयो क्वाड राष्ट्रको संयुक्त सैन्य अभ्यास

नेपालखबर
कात्तिक १८, २०७७ मंगलबार १३:३१,

भारत, अमेरिका, जापान र अस्ट्रेलियाले बंगालको खाडीमा मालाबार संयुक्त नौसैनिक अभ्यास सुरु गरेका छन्।

सन् १९९२ मा भारत र अमेरिकाको सहभागितामा सुरु भएको यो अभ्यासमा यसपटक १३ वर्षपछि अस्ट्रेलिया पनि सहभागी भएको छ।

गत महिना क्वाड मुलुकका विदेशमन्त्रीहरुको टोकियोमा भएको बैठकमा अस्ट्रेलियालाई सहभागी हुन अन्य मुलुकले निमन्त्रण दिएका थिए।

यसवर्षको अभ्यास पन्डुब्बी जहाजको आक्रमण र हवाई आक्रमणविरुद्धको तयारीमा केन्द्रित हुने जनाइएको छ।

अभ्यासको पहिलो चरण बंगालको खाडीमा ६ नोभेम्बरसम्म समाप्त हुनेछ। नोभेम्बर १७ देखि अरब सागरमा सुरु हुने दोस्रो चरण २० नोभेम्बरसम्म चल्नेछ।

क्वाड मुलुक र चीनबीच तनाव बढिरहेको बेला सुरु गरिएको यो संयुक्त सैन्य अभ्यासको रणनीतिक महत्व भएको विश्लेषकहरुले बताएका छन्।

चिनियाँ विदेश मन्त्रालयले भने यो सैन्य अभ्यास यस क्षेत्रको शान्ति र स्थायित्वका लागि सहायक बन्नुपर्ने बताएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad