भारतीय सेनाध्यक्ष एमएम नरवणेको नेपाल भ्रमण हुनुभन्दा एक दिनअघि नेपाली सेनाले नेपाल र भारतीय सेनाको सम्बन्धबारे एउटा भिडियो सार्वजनिक गरेको छ।
सो भिडियोमा मुख्यतः नेपाल र भारतले एक अर्काका सेनाप्रमुखलाई मानार्थ महारथीको उपाधी प्रदान गर्ने प्रचलन र दुई सेनाबीचको सम्बन्धबारे प्रस्तुति रहेको छ।
सो प्रचलन र दुई सेनाबीचको सम्बन्धबारे नेपालका पूर्व प्रधानसेनापतिहरुका भनाइहरु समेटिएको छ।
भिडियाेमा उनीहरुले दुई देशका राष्ट्रिय सेनाकाे सम्बन्ध विश्वमैं कसरी विशिष्ट छ भनी ब्याख्या गरेका छन्।
याे पनि:
- भारतले भन्यो- सेनाध्यक्ष नरवाणेको भ्रमणका बेला द्विपक्षीय रक्षा साझेदारीबारे छलफल हुनेछ
- भारतीय सेनाध्यक्ष नरवाणेलाई मानार्थ महारथीको उपाधि दिने निर्णय
प्रतिक्रिया