राजनीति


भारतीय सेनाध्यक्ष नरवाणेलाई मानार्थ महारथीको उपाधि दिने निर्णय

भारतीय सेनाध्यक्ष नरवाणेलाई मानार्थ महारथीको उपाधि दिने निर्णय

नेपालखबर
असोज २८, २०७७ बुधबार ९:२३,

नेपाली सेनाले भारतीय सेनाका सेनाध्यक्ष मनोजमुकुन्द नरवाणेलाई मानार्थ महारथीको उपाधि प्रदान गर्ने भएको छ।

कात्तिक महिनामा नेपाल भ्रमणमा आउन लागेका उनलाई सो उपाधि दिने निर्णय गरिएको हो।

नेपाल भारतबीच एक अर्काका सेनाध्यक्षलाई मानार्थ महारथीको उपाधी प्रदान गर्ने प्रचलन छ।

भारतीय सेनाका सेनाध्यक्ष मनोजमुकुन्द नरवाणेको नेपाल भ्रमणका लागि तयारी सुरु भएको छ।

गत माघ २० गते नै मन्त्रीपरिषद् बैठकले भ्रमणको लागि आमन्त्रण गर्ने निर्णय गरेको थियो।

तर कालापानी क्षेत्रमा भारतद्वारा नेपाली भूमि अतिक्रमणको नेपालले गरेको विरोधबारे नरवाणेले दिएको अभिव्यक्ति विवादास्पद भएका कारण र कोरोना महामारीले गर्दा उनको भ्रमण तालिका प्रभावित भएको थियो।

मन्त्रालयबाट स्वीकृति लिएर सेनाले भ्रमणका लागि निम्ताे दिने तयारी गरेको हो। दुईपक्षीय सहमतिमा भ्रमण तालिका र समय निर्धारण हुने सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .