प्रधानसेनापति पूर्णचन्द्र थापाले हालै रथीमा बढुवा भएका ईश्वर हमाललाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। गत असार ६ गतेको मन्त्रिपरिषद्को बैठकले हमाललाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो।
सोमबार जंगी अड्डामा एक कार्यक्रमकाबीच हमाललाई रथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। रथी हमाल हाल संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ कार्यको लागि सिरियामा तैनाथ छन्।
हमालले यूएनडीओएफको अन्तर्गत फोर्स कमाण्डरको जिम्मेवारी सम्हालीरहेका छन्।

प्रतिक्रिया