ad ad

राजनीति


कोरोना संक्रमित पूर्वमन्त्री विश्वकर्मालाई भेन्टिलेटरबाट उपचार सुरु

कोरोना संक्रमित पूर्वमन्त्री विश्वकर्मालाई भेन्टिलेटरबाट उपचार सुरु

नेपालखबर
कात्तिक १५, २०७७ शनिबार ११:४१,

कोरोना संक्रमण भई अस्पतालमा उपचाररत् नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माको स्वास्थ्यमा सुधार नभएपछि भेन्टिलेटरबाट उपचार सुरु गरिएको छ।

ग्राण्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेका विश्वकर्माको स्वास्थ्यमा सुधार नभएपछि भन्टिलेटरको सहायताले उपचार सुरु गरिएको उनका सहयोगी आकाश उप्रेतीले नेपालखबरलाई बताए।

‘भेन्टिलेटरमा पाँच दिनको उपचारको कोर्स पुरा गर्दा निमोनिया निको पार्न सकिने डाक्टरहरुको अपेक्षा छ,’ उप्रेतीले भने।

पूर्वमन्त्रीसमेत रहेका ५३ वर्षीय विश्वकर्मालाई कोरोना संक्रमणसँग निमोनिया पनि देखिएपछि आईसीयूमा उपचार सुरु गरिएको थियो।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वकर्मा नेपाल दलित संघका केन्द्रीय अध्यक्ष पनि हुन्।

यसअघि नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइराला, सांसद गगन थापा लगायत नेपाली कांंग्रेस नेताहरु र शिक्षामन्त्री गिरिराजमणि पोखरेल, पर्यटनमन्त्री योगेश भट्टराई, भौतिक पूर्वाधार विकासमन्त्री वसन्त नेम्वाङ लगायत नेताहरुमा संक्रमण देखिएको थियो।

त्यसैगरी प्रदेश सरकारका मन्त्री, सभामुख लगायत प्रदेश सभाका सदस्यहरु र मुख्यसचिव शंकर वैरागी लगायत उच्चपदस्थ कर्मचारीहरुमा पनि संक्रमण देखिएको छ।

याे पनि: 
पूर्वमन्त्री विश्वकर्मालाई कोरोना संक्रमण, ग्रान्डीमा उपचार हुँदै

कोरोना संक्रमण भएका नेता विश्वकर्माको आईसीयूमै उपचार जारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .