मुख्यसचिव शंकर बैरागीमा कोरोना संक्रमण भएको छ।
बैरागीले सामाजिक सञ्जाल ट्विटरमा आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।
उनले केहि दिनयता आफूसँग सम्पर्कमा रहेका व्यक्तिहरुलाई सावधानी अपनाउन र आफ्नो ख्याल गर्न भनेका छन्।
मुख्यसचिवले मन्त्रिपरिषद् बैठक लगायतका काम कारवाहीमा मुख्यत: प्रधानमन्त्री, मन्त्री, प्रधानमन्त्रीकाे सचिवालय र मन्त्रालयका सचिव लगायतसँग प्रत्यक्ष संलग्न भई काम गर्नुपर्ने हुन्छ।
याे पनि:
- शंकरदास बैरागी बने मुख्यसचिव
- नायब सुब्बाका रूपमा परराष्ट्र प्रवेश गरेका बैरागीको यस्तो छ मुख्य सचिवसम्मको यात्रा
प्रतिक्रिया