राजनीति


फ्रान्समा हुँदै नभएको आफ्ना राजदूतलाई पाकिस्तानले फिर्ता बाेलाउने!

फ्रान्समा हुँदै नभएको आफ्ना राजदूतलाई पाकिस्तानले फिर्ता बाेलाउने!

नेपालखबर
कात्तिक १२, २०७७ बुधबार २:५०,

पाकिस्तानको संसदले फ्रान्सबाट आफ्ना राजदूतलाई फिर्ता बोलाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले पैगम्बर मोहम्मदबारे दिएको अभिव्यक्तिको विरोधमा पाकिस्तानको नेसनल एसेम्बलीले पारित गरेको प्रस्तावमा फ्रान्स राजदूत फिर्ता गर्ने कुरा पनि उल्लेख भएको हो।

तर रमाइलो कुरा के छ भने फ्रान्समा अहिले पाकिस्तानी राजदूत नै छैनन्। फ्रान्सका लागि पाकिस्तानी राजदूत मोइन उल हकलाई तीन महिनाअघि मात्र चीनको राजदूत बनाएपछि त्यो ठाउँ खाली छ।

पाकिस्तानी सञ्चारमाध्यमले लेखेका छन्, ‘धेरै कूटनीतिज्ञले फ्रान्समा राजदूत हुने इच्छा देखाए पनि विदेश मन्त्रालयले हकलाई कसले प्रतिस्थापन गर्छन् भनेर घोषणा गरेको छैन। संसदबाट फ्रान्सेली राष्ट्रपतिविरुद्ध प्रस्ताव पारित गराउन सक्रिय भूमिका खेल्नेमा पाकिस्तानी विदेशमन्त्री मोहम्मद कुरेसी पनि थिए। फ्रान्सेली राष्ट्रपति माक्रोँले पैगम्बर मोहम्मदको कार्टुन बनाउने विषयको समर्थन गरेका थिए। जसको विश्वका मुस्लिम देशले विरोध गरिरहेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad