राजनीति


कर्णाली विवादः अविश्वास प्रस्तावबारे निर्णय गर्न मुख्यमन्त्री पक्षको बैठक

कर्णाली विवादः अविश्वास प्रस्तावबारे निर्णय गर्न मुख्यमन्त्री पक्षको बैठक

नेपालखबर
कात्तिक ७, २०७७ शुक्रबार ५:२७,

कर्णाली प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्रीविरुद्ध परेको अविश्वास प्रस्तावमाथि विश्वासको मत लिनको लागि नेकपाको संसदीय दलको बैठक आज बस्दैछ।

आज शुक्रबार ११ बजेका लागि तय गरिएको बैठकमा सहभागी हुन १८ जना सांसद दलको कार्यालय जम्मा भएको एक सांसदले जानकारी दिए। उनका अनुसार २२ जना सांसद उपस्थित हुनेछन्।

असोज २५ गते प्रधानमन्त्री केपी शर्मा ओली पक्षका केहि, वरिष्ठ नेता माधवकुमार नेपालका केही र तीनजना पुर्वमाओवादी केन्द्रका गरी १८ जना सांसदले दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव दलको कार्यालयमा दर्ता गरेका थिए।

तर सो प्रस्ताव दर्ता गर्ने नेपालपक्षीय सांसदहरूले अविश्वास प्रस्तावबाट पछि हट्ने निर्णय गरेका थिए।

सो प्रस्ताव दर्ता भएपछी दलका प्रमुख सचेतक गुलावजंग शाहले २७ गतेका लागि दलको बैठक डाकेका थिए।

तर, उनलाई प्रमुख सचेतकबाट मुख्यमन्त्रीले हटाएर सीता नेपालीलाई प्रमुख सचेतक नियुक्त गरेपछि आजको लागि दलको बैठक डाकिएको हो।

आजको बैठकमा प्रधानमन्त्रीनिकट सांसदहरू भने उपस्थित नहुने बताएका छन्।

वरिष्ठ नेता नेपाल र मुख्यमन्त्री शाहीनिकट सांसदहरु भने मुख्यमन्त्रीलाई विश्वासको मतबारेको निर्णय हुने बताउँछन्।।

यसैबीच प्रदेशमा पेलेर दलको बैठक राखे प्रदेश सभा विघटन गर्ने खतरा समेत रहेको हल्ला पिटाइएको एक सांसदले बताए।

याे पनि: बहुचर्चित कर्णाली विवादको छिनोफानो आज होला?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad