राजनीति


अमेरिकी आक्रामकताविरुद्ध युद्धताकाको भावना राख्न सीद्वारा आफ्ना नागरिकलाई आग्रह

अमेरिकी आक्रामकताविरुद्ध युद्धताकाको भावना राख्न सीद्वारा आफ्ना नागरिकलाई आग्रह

नेपालखबर
कात्तिक ५, २०७७ बुधबार १२:४६,

अमेरिकी आक्रामकता र बदमाशीविरुद्ध चीनका नागरिकहरुले युद्धताकाको क्रान्तिकारी विचारबाट पाठ सिक्नुपर्ने सीले सोमबार ७० औं युद्ध दिवसका दिन बताएको सीजीटीएनले जनाएको छ।

सोमबार बेइजिङको सैन्य संग्राहलयमा चिनियाँ क्रान्तिको प्रदर्शनी गरिएको थियो। सीले सो क्रममा उत्तर कोरियालाई सन् १९५० र १९५३ को अवधिमा गरेको सहयोगजस्तै चीनले सहयोग गर्ने पनि बताएका थिए।

सीले चिनियाँहरुको महान क्रान्तिकारी भावनाले सबै कठिनाइहरुमा विजय प्राप्त गर्न र सबै शत्रुलाई पराजित गर्न प्रोत्साहित गर्ने पनि बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad