कला


गायिका बिष्णु माझीले एउटै गीतका लागि लिइन् २ लाख पारिश्रमिक

गायिका बिष्णु माझीले एउटै गीतका लागि लिइन् २ लाख पारिश्रमिक

नेपालखबर
कात्तिक ५, २०७७ बुधबार १३:२८,

नेपाली गीतसंगीतकै क्षेत्रकी सर्वाधिक महंगो पारिश्रमिक लिने गायिका बिष्णु माझीले ‘मायालु तिमी मुटुमा छौं’ बोलको गीतका लागि २ लाख पारिश्रमिक लिएकी छिन्।

लामो समयसम्म १ लाख पारिश्रमिकमा काम गर्दै आएकी गायिका माझीले यस गीतका लागी २ लाख पारिश्रमिक लिएकी हुन्।

गीतका गायक राजन गुरुङले पछिल्लो समय गायिका माझीले आफ्नो पारिश्रमिक बढाएका कारण आफूहरुले २ लाख पारिश्रमिक तिरेको बताए।

‘बजारमा उहाँको अहिलेको पारिश्रमिक २ लाख रहेछ, हामीले पनि सोही मूल्य तिरेर गीत गाउन लगाएका हौं’ गायक गुरुङले भने, ‘बजारको माग र उहाँको स्वरको क्वालिटी अनुसार त्यो पारिश्रमिक हामीलाई मन्जुर छ।’

बुधबार सार्वजनिक भएको ‘मायालु तिमी मुटुमा छौं’ गीतका संगीतकार बसन्त थापाले यस अघिको उनको सर्वाधिक हिट गीत ‘सालको पात टपरी हुनी’मा १ लाख पारिश्रमिक दिएको र अहिले भने दुईलाख तिरेको बताए।

संगीतकार बसन्त भन्छन्, ‘त्यो समयमा उहाँको रेट १ लाख थियो अहिले दोब्बर भएको छ तै पनि उहाँलाई गीतको अफर आइरहेका छन्। सायद बजारमा उहाँको माग भएकै कारण गीत अफर भइरहेका छन्।’

यसै गीतका एरेन्जर आशिष अभिरलले पनि बजारमा बिष्णु माझिका गीतको माग भएकै कारण उहाँको पारिश्रमिक बढेको तर्क राखे। ‘अन्य गायिकाले २ लाख माग्यो भने कसले दिने? जसको गीत चलेका छन्। उसले डिमाण्ड गर्न मिल्छ। आज पनि उहाँलाई २ लाख तिर्न तयार छन्।’

bishnu-songh.jpg

गायिका बिष्णु माझी अहिलेसम्म सार्वजनिक भएकी छैनिन्। उनको इन्टरनेटमा पनि एक तस्बिर भन्दा अन्य कुनैपनि सामग्री उपलब्ध छैन। उनले आफू स्वइच्छाले सार्वजनिक नभएको बताउँदै आएकी छिन्।

गीतको भिडियोमा गायक राजन गुरुङ, संगीतकार बसन्त थापासँगै रजनी गुरुङ र सुमित्रा तामाङले नृत्य गरेका छन्। सुनिल क्षेत्रीको निर्देशन रहेको यो गीत दुर्गा पौडेलले खिचेका हुन् भने नविन घर्ति मगरले सम्पादन गरेका हुन्।

गायक राजन गुरुङले यसअघि बिष्णु माझीसँगै ‘उही खोलीमा पानी’ बोलको गीत सार्वजनिक गरेका थिए। जुन नेपाली लोक तथा दोहोरी गीतको इतिहासमै पहिलो पटक युट्युवमा करोड भ्युज पाउने गीत पनि हो।

साथै त्यसपछि ‘सालको पात टपरी हुनी’बोलको गीत युट्युवमा करोड भ्युज पाउने गीतमा दोस्रो नम्बरमा परेको थियो। तर अहिले नेपाली लोकगीतको इतिहासमा ‘सालको पात टपरी हुनि’ युट्युवमा सर्वाधिक भ्युज पाउने गीतमा परेको छ। यस गीतको युट्युवमा भ्युज ६ करोड माथि छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad