ad ad

राजनीति


कर्णालीका नेताहरुलाई राखेर खुमलटारमा प्रचण्ड र नेपालबीच छलफल

कर्णालीका नेताहरुलाई राखेर खुमलटारमा प्रचण्ड र नेपालबीच छलफल

नेपालखबर
कात्तिक ५, २०७७ बुधबार ८:९,

सत्तारुढ दलका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भइरहेको छ।

बुधबार दिउँसो अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भइरहेको उक्त छलफलमा कर्णाली प्रदेशका नेताहरु र सरकारका मुख्यमन्त्रीसहितका केही सांसदहरु पनि सहभागी रहेका छन्।

‘अहिले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले कर्णाली प्रदेशका नेताहरुसँग छलफल गरिरहनुभएको छ’, छलफलमा सहभागी एक नेताले भने। उनले छलफलमा को–को सहभागी छन् भन्नेबारे केही खुलाउन चाहेनन्।

उक्त छलफलमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश इन्चार्ज, सह–इन्चार्ज, प्रदेश कमिटीका पदाधिकारी र केही सांसदहरु पनि सहभागी रहेको छन्।

कर्णाली प्रदेशमा देखिएको विवाद समधानका लागि दुई अध्यक्षबीच पटकपटक भएको छलफलमा सहमति जुट्न नसकेपछि दुवै अध्यक्ष छुट्टाछुट्टै छलफलमा जुटेका हुन्।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पक्षले मंगलबार प्रदेशको विवाद समधानका लागि दुई अध्यक्षबीच चारबुँदे सहमति भएको बताएको थियो। त्यसलगत्तै अध्यक्ष प्रचण्डको सचिवालयले अर्को विज्ञप्ति निकालेर त्यसको खण्डन गर्दै सहमति भएको भन्ने भ्रममा नपर्न आग्रह गरेको थियो।

बुधबार नै नेता नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएर मिलेन जान आग्रह गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .