ad ad

राजनीति


३३ करोड ५० लाख डलर क्षतिपूर्ति तिरे सुडानलाई आतंकवाद समर्थकको सूचीबाट हटाउँछौंः ट्रम्प

३३ करोड ५० लाख डलर क्षतिपूर्ति तिरे सुडानलाई आतंकवाद समर्थकको सूचीबाट हटाउँछौंः ट्रम्प

नेपालखबर
कात्तिक ४, २०७७ मंगलबार ६:४०,

ट्रम्पले सुडानले ३३ करोड ५० लाख अमेरिकी डलर क्षतिपूर्ति तिनुपर्ने बताएको बीबीसीले जनाएको छ।

यसबीचमा सुडानका प्रधानमन्त्री अब्दल्ला हामदोकले अमेरिकाले तोकेको रकम आफूले तिरिसकेको बताएका छन्।

यद्यपी अमेरिकाले पैसा पाएको विषयमा र आतंकवाद समर्थक राष्ट्रको सूचीबाट हटाउने विषयमा कुनै प्रतिक्रिया नदिएको अब्दल्लाले जानकारी दिए।

सन् १९९३ मा अलकायदाका नेता ओसामा बिन लादेन सुडानमा अतिथिका रुपमा पुगेका थिए। त्यसबेलादेखि नै अमेरिकाले सुडानले आतंकवादलाई प्रश्रय दिएको र प्रायोजन गरेको अरोप लगाउँदै आएको छ।

अलकायदाले सन् १९९८ मा अफ्रिकास्थित अमेरिकी दूतावासमा आक्रमण गरेका थिए। अमेरिकाले हाल सोही आक्रमणको क्षतिपूर्ति स्वरुप ३३ करोड ५० लाख अमेरिकी डलर माग गरेको हो।

सुडानले रकम अमेरिकालाई बुझाईसकेको अवस्थामा अब सुडानलाई अमेरिकाले आतंकवादी समर्थन गर्ने देशको सूचीबाट हटाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .