ad ad

राजनीति


चीनसँगको विवादबीच अमेरिकाले ताइवानलाई ड्रोन र क्षेप्यास्त्रहरु बेच्ने

चीनसँगको विवादबीच अमेरिकाले ताइवानलाई ड्रोन र क्षेप्यास्त्रहरु बेच्ने

नेपालखबर
असोज ३०, २०७७ शुक्रबार ९:२८,

ट्रम्प प्रशासनले ताइवानलाई एमक्यू–९ ड्रोन हतियार तथा क्षेप्यास्त्र प्रणाली बेच्ने योजना बनाएको अमेरिकी अधिकारीहरुलाई उदृतगर्दै रोयटर्सले जनाएको छ।

५ अर्ब अमेरिकी डलरको हतियार बेचबिखन सम्झौता भएको अनुमान गरिएको छ। गत सोमबार अमेरिकी कँग्रेसमा ताइवानलाई हतियार बेच्ने विषय उठेको थियो।

त्यसको केही समयमै चीनका विदेशमन्त्री वाङ यीले अमेरिकाले ताइवानलाई हतियार बेचे चीनले आवश्यक प्रतिक्रिया जनाउने बताएका थिए।

चीनले ताइवानलाई आफ्नो मूलुक भएको बताउँछ, तर ताइवानले आफू स्वतन्त्र मूलुक भएको बताउँछ।

यसबीचमा चीनले ताइवानलाई आवश्यक परे आक्रमण गरेरै नियन्त्रणमा लिनसक्ने बताइरहँदा अमेरिकाले ताइवानलाई बेग्लै राष्ट्रको रुपमा व्यवहार गर्दै आएको छ।

अमेरिकी र ताइवानको कदमबाट चीन सन्तुष्ट छैन।

अमेरिका र चीनबीच हाल विभिन्न विषयमा विवाद छन्। त्यसमध्ये एक ताइवान विवाद पनि हो।

कोरोना भाइरस, प्रविधि, दक्षिण चीन सागर, व्यापार, हङकङको स्वतन्त्रता लगायतका विषयमा हाल अमेरिका र चीनबीच विवाद छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .