राजनीति


चिनियाँ विदेशमन्त्रीले भनेः इन्डो-प्यासिफिक रणनीतिले पूर्वी एसियामा शान्ति र विकास हुन दिँदैन

चिनियाँ विदेशमन्त्रीले भनेः इन्डो-प्यासिफिक रणनीतिले पूर्वी एसियामा शान्ति र विकास हुन दिँदैन

नेपालखबर
असोज २७, २०७७ मंगलबार १०:४,

मलेसिया भ्रमणका क्रममा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकाले अघि सारेको ‘इन्डो–प्यासिफिक रणनीति’ यो क्षेत्रमा अर्को नेटो कायम गर्ने प्रयास भएको बताएका छन्।

दक्षिण पूर्वी एसियाका मुलुकहरुको भ्रमणमा निस्केका उनले मंगलबार अमेरिकी रणनीति पूर्वी एसियाका लागि ‘सुरक्षा खतरा’ भएको बताए।

मलेसियाका विदेशमन्त्री हिसामुद्दिन हुसेनसँग संयुक्त पत्रकार सम्मेलन गर्दै उनले अमेरिकी रणनीतिले निम्त्याउने भूराजनीतिक प्रतिस्पर्धाप्रति चनाखो रहन पनि यस क्षेत्रका मुलुकहरुलाई आग्रह गरे।

‘अमेरिकी रणनीतिले पुरानो भइसकेको शीतयुद्धकालीन सोचको वकालत गर्छ। गुटबीच द्वन्द्व र भूराजनीतिक खेल बढाउँछ। अन्ततः अमेरिकाको प्रभूत्व कायम गर्छ,’ वाङले भने, ‘यसले पूर्वी एसियामा शान्ति र विकासको सम्भावनालाई कमजोर बनाउँछ। मलाई विश्वास सबै पक्षले यसलाई स्पष्टसँग देख्नेछन् र चनाखो रहनेछन्।’

उनले दक्षिण चीन सागरमा शान्ति कायम गर्न आफूहरु सक्षम रहेको बताए। विदेशमन्त्री हुसेनले पनि दक्षिण चीन सागरको विवाद शान्तिपूर्ण तवरले समाधान हुनुपर्ने बताए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad