ad ad

राजनीति


चीनसँग तनाव बढ्दै जाँदा ताइवानद्वारा रक्षा प्रणाली मजबुत बनाउने घोषणा

चीनसँग तनाव बढ्दै जाँदा ताइवानद्वारा रक्षा प्रणाली मजबुत बनाउने घोषणा

नेपालखबर
असोज २४, २०७७ शनिबार ११:१३,

चीनसँग तनाव बढ्दै गइरहेको समयमा शनिबार देशको १०९ औं राट्रिय दिवसको अवसर पारेर ताइवानकी राष्ट्रपति साई इंग–वेनले देशको रक्षा प्रणाली मजबुत बनाउने बताएकी हुन्।

साईले सो क्रममा देशका हतियारहरु आधुनिक बनाउने बताउँदै समुद्री सीमा ‘ताइवान स्ट्रेट’मा हुँदै आएको सैन्य विस्तार र उत्तेजनाको सामना गर्ने बताइन्।

उनले चीनप्रति लक्षित गर्दै ताइवान जस्तो समयमा पनि तयार हुने बताइन्। पछिल्लो समय चीनका युद्धक विमानहरु अवैधानिक रुपमा दोहोर्याउँदै ताइवानको हवाई क्षेत्र प्रवेश गरिरहेका छन्।

उनले चीनसँगको विवाद कम गर्न छलफलको आवश्यकता भएकोमा पनि जोड दिइन्।

‘जबसम्म बेइजिङका अधिकारीहरू समस्या सुल्झाउन र पारस्परिक सम्बन्ध सुधार्न इच्छुक हुन्छन् हामी अर्थपूर्ण वार्तालाप गर्न र मिलेर काम गर्न तयार छौं’ राष्ट्रपति साईले भनिन्।

उनले दुवै देशको चाहना स्थायित्व भएको बताउँदै आफूहरु स्थायित्वको लागि तयार भएको तर ताइवान एक्लैले काँध थाप्न नसक्ने र यस कार्य चीनको पनि जिम्मेवारी भएको उनको भनाइ छ।

चीनले ताइवान आफ्नो भूभाग भएको दाबी गर्दछ र आफूले चाहेमा ताइवानलाई आक्रमण गरेर कब्जा गर्नसक्ने बताउँछ।

यद्यपी ताइवानले आफू स्वतन्त्र राष्ट्र भएको बताउँछ। चीन र ताइवानको विवादमा अमेरिकाले ताइवानलाई साथ दिएपछि पछिल्लो समय चीन र अमेरिकाबीच पनि विवाद चर्किँदै गएको छ।

चीनले हालैमात्र भारतीय संचारमाध्यमलाई ताइवानलाई देश नभन्न सुझाव दिएको थियो। ताइवान स्वतन्त्र देश नभएको र यो क्षेत्र आफ्नो भूमाग भएको चीनको भनाइ छ। अल्जाजिरा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .