ad ad

राजनीति


गोर्खा मिडिया र ९ सहकारीको कागजात मगाउने संसदीय विशेष समितिको निर्णय

गोर्खा मिडिया र ९ सहकारीको कागजात मगाउने संसदीय विशेष समितिको निर्णय

नेपालखबर
असार १२, २०८१ बुधबार १७:१०, काठमाडौँ

सहकारी सम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिले गोर्खा मिडिया नेटवर्क प्रालिसहित ९ सहकारीको कागजात माग गर्ने निर्णय गरेको छ।

समितिको बुधबार बसेको छैठौं बैठकले विभिन्न सहकारीबाट गोर्खा मिडिया लगायतमा प्रवाह भएको रकमको कागजात उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको हो।

समितिले आइडियल यमुना बहुउद्देश्यीय सहकारी, इमेज, सहारा, समानता, सानो पाइला, सुप्रिम, सूर्यदर्शन, सुमेरू र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको कागजात मगाएको हो।

सिमितले सहकारीहरुको साधारण सभाको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरीवेक्षणकाे प्रतिवेदन र वित्तीय विवरण मागेको हाे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .