ad ad

राजनीति


उपप्राध्यापक चलाउनेमाथि भएको आक्रमणको छानबिन गर्न नेविसंघको माग

उपप्राध्यापक चलाउनेमाथि भएको आक्रमणको छानबिन गर्न नेविसंघको माग

नेपालखबर
असोज २३, २०७७ शुक्रबार ९:५९,

नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि भएको आक्रमणको छानबिन गर्न माग गरेको छ।

नेविसंघका अध्यक्ष राजीव ढुंगानाले शुक्रबार एक विज्ञप्ति जारी गरी दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरे।

‘शान्तिपूर्ण आन्दोलनमार्फत वार्ताका माध्यमबाट गरिएको सहमति लागू नगर्ने प्रपञ्च रचेर पदाधिकारीको निर्देशनमा उपप्राध्यापकमाथि आक्रमण भएको हो’, उनले भने। सोे आक्रमण नेविसंघलाई बदनाम गराउन रचिएको षड्यन्त्र भएको अध्यक्ष ढुंगानाको भनाइ छ। ‘घटनासँग जोडेर घटना हुनुभन्दा दुई दिन अघिदेखि कोरोना संक्रमित भएर आइसोलेसनमा बसेका विद्यार्थीको नामसमेत मुछेर गरिएको झुटो प्रचारप्रति दुःख व्यक्त गर्दै निर्दोष विद्यार्थीलाई लगाइएको झुटा मुद्दा खारेजीको माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।

यही असोज २० गते त्रिवि समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि केन्द्रीय क्याम्पस परिसरमा भौतिक आक्रमण भएको थियो। नेविसंघका महामन्त्री दीपक भट्टराईले प्राज्ञिक थलोलाई राजनीतिक थलो बनाउन नहुने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .