राजनीति


प्रदेश ५ को नाम लुम्बिनी राख्ने प्रस्ताव दुईतिहाइले पारित (भिडियाे)

प्रदेश ५ को नाम लुम्बिनी राख्ने प्रस्ताव दुईतिहाइले पारित (भिडियाे)

प्रकाश न्यौपाने
असोज २०, २०७७ मंगलबार १०:२९,

प्रदेश पाँचको नाम अब लुम्बिनी प्रदेश रहने भएको छ।

मंगलबार प्रदेश सभामा प्रदेशकाे नाम ‘लुम्बिनी प्रदेश’ राख्ने प्रस्ताव दुईतिहाइ बहुमतले पारित भएसँगै प्रदेशको नाम लुम्बिनी रहने भएको हो।

प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम लुम्बिनी राखियोस् भन्ने प्रस्ताव पेस गरेका थिए।

त्यसपछि नामका बारेमा मतदान भएको थियो।

मतदानमा साे प्रस्तावकाे पक्षमा ७९ मत र विपक्षमा ४ मत परेको छ। प्रदेश सभामा रहेका ८७ मध्ये ८३ जना सांसद मतदानमा सहभागी भएका थिए। लुम्बिनी नाम राख्ने पक्षमा दुईतिहाइ बहुमत पुगेपछि नेपालको संविधानको धारा २९५ को उपधारा २ बमोजिम प्रदेशको नाम लुम्बिनी रहेको सभामुख पूर्णबहादुर घर्तीले सभामा घाेषणा गरे।

भिडियाे: 

याे पनि: 
प्रदेश ५ को राजधानी दाङकाे देउखुरी क्षेत्र ताेक्ने प्रस्ताव दुईतिहाइले पारित (लाइभ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .