लद्दाख क्षेत्रमा जारी सीमा विवाद साम्य बनाउने हिसाबले वार्ता हुन लागेको भारतीय संचारमाध्यमले जनाएका छन्।
गत सेप्टेम्बर २१ मा भएको छैठौं चरणको वार्तामा दुवै देशका सेना विवादित क्षेत्रमा थप सेना तैनाथ नगर्न सहमत भएका थिए।
त्यसबेला भारतले विवादित क्षेत्रमा यथास्थितीको अवस्थालाई दुवै पक्षले स्वीकार गर्नुपर्ने अडान राखेको थियो भने चीने पाङगोङ सो क्षेत्रको उचाइबाट भारतीय सेना फर्काउन भनेको थियो।
यद्यपी उक्त वैठकमा ठोस निर्णय केही भएको थिएन। गत जुन १५ को हिंस्रक झडपपछि पछिल्लो समय दुवै देशबीच सेनाको कमाण्डरस्तरीय वार्ताहरु धेरैपटक भइसकेका छन्।
वैठकमा उनीहरुले विवादति क्षेत्रबाटै पछाडि हट्ने सहमति पनि गरेका थिए। यद्यपी एकले अर्का सेना पछाडि नहटेको आरोप लगाउँदै आएका छन्।
सकारात्मक रुपमा छलफल अगाडि बढ्दै गर्दा दुवै देशका सेनाहरु भने व्यवहारमा युद्धको तयारी गरिरहेको विश्लेषकहरु बताउँछन्।
गतहप्ता भारतले सीमामा केही क्षेप्यास्त्रहरु परीक्षण गर्दा, युद्धक विमान र ट्यांक तैनाथ गरेको छ। चीनले पनि शक्तिशाली हतियार सीमामा राखेको बताउँदै आएको छ। एजेन्सी

प्रतिक्रिया