भारतका उपराष्ट्रपति वेन्कैया नायडुलाई कोरोना संक्रमण भएको छ।
उपराष्ट्रपतिको सचिवालयले मंगलबार ट्विटरमार्फत उनलाई कोरोना पुष्टि भएको जानकारी दिएको हो।
सचिवालयले ट्विट गरेको छ, ‘आज (मंगलबार) गरिएको परीक्षणमा भारतका उपराष्ट्रपतिको रिपोर्ट पोजिटिभ आएको छ। तर उनमा कुनै लक्षण देखिएको छैन, उहाँ स्वस्थ हुनुहुन्छ। उहाँकी पत्नी उषा नायडुको रिपोर्ट भने नेगेटिभ आएको छ र उहाँ सेल्फ आइसोलेसनमा बस्नुभएको छ।’
यसअघि दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियालाई कोरोना नेगेटिभ देखिएकाले अस्पतलाबाट डिस्चार्ज गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
3
Shares

प्रतिक्रिया