राजनीति


मन्त्रिमण्डल पुनर्गठनका विषयमा ओली–प्रचण्ड आज पनि छलफलमा

मन्त्रिमण्डल पुनर्गठनका विषयमा ओली–प्रचण्ड आज पनि छलफलमा

नेपालखबर
असोज १३, २०७७ मंगलबार ८:१८,

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी रहेको छ।

मन्त्रिमण्डल पुनर्गठनका विषयमा केही दिनदेखि निरन्तर छलफलमा रहेको प्रधानमन्त्री ओली र प्रचण्डबीच मंगलबार पनि आज (मंगलबार) मध्यान्ह सवा १२ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी रहेको छ।

अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा जुगलले प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच छलफल जारी रहेको जानकारी दिए। ‘सवा १२ बजेदेखि छलफलमा हुनुहुन्छ, अरु थप जानकारी आइपुगेको छैन’, नेपालखबरसँग कुरा गर्दै सापकोटाले भने।

उपाध्यक्ष वामदेव गौतमलाई सरकारमा लैजाने, कुनकुन मन्त्रीलाई हटाउने र केही मन्त्रालयमा हेरफेर गर्ने विषयमा दुई अध्यक्षबीच सहमति हुन नसकेको नेकपा स्रोतले जनाएको छ। यिनै विषयका कारण निरन्तर छलफल भए पनि दुई अध्यक्षबीच सहमति हुन नसकेको हो।

अध्यक्ष प्रचण्डले पार्टीले निर्णय गरेर मात्रै मन्त्रीको नाम तय गर्नुपर्ने सुझाब प्रधानमन्त्री ओलीलाई दिए पनि उनी त्यसमा सहमत नभएको स्रोतले जनाएको छ।

याे पनि : वामदेवको मुद्दा किनारा नलाग्दै मन्त्रिमण्डल पुनर्गठन गर्न कस्सिए प्रधानमन्त्री, जुट्ला सहमति?

मन्त्रिमण्डल पुनर्गठनमा थापा र भट्टलाई नछुटाउने पक्षमा ओली, यस्ता छन् उनका अरु रोजाइ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .