राजनीति


मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा ओली र प्रचण्डबीच जुटेन सहमति

मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा ओली र प्रचण्डबीच जुटेन सहमति

नेपालखबर
असोज १२, २०७७ सोमबार ९:२१,

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा भएको छलफल सहमतिविनै सकिएको छ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले छलफल जारी रहे पनि कुनै निष्कर्ष ननिस्केको बताए।

उनले भने, ‘छलफल जारी रहेको छ। यसमा बताउने नयाँ विषय केही पनि छैन।’

बालुवाटारमा भर्खरै सम्पन्न छलफलमा मन्त्रिपरिषद् पुनर्गठन र संवैधानिक आयोगको पदपूर्तिको विषयमा छलफल भए पनि निष्कर्षमा नपुगेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए।

‘दुवै अध्यक्षहरुबीच छलफल जारी छ। तर कसरी गर्ने भनेर सहमति भइसकेको छैन। छलफल जारी रहन्छ’, सापकोटाले भने, ‘यस विषयमा दुवै अध्यक्षहरुबीच थप छलफल हुनेछ।’

मन्त्रिपरिषद् पुनर्गठन, संबैधानिक आयोगहरुमा पदाधिकारी नियुक्ति र पार्टी एकताका बाकी काम सम्पन्न गर्ने विषयमा ओली र प्रचण्डबीच जारी नियमित छलफल अन्तर्गत आज सोमबार पनि सो भेट भएको हो।

गत बिहीबारदेखि ओली र प्रचण्डबीच दैनिक छलफल भइरहेकाे छ। प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी तीब्र पारेपछि पार्टीका दुई प्रमुख नेताबीच छलफल सघनरुपमा भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad