ad ad

राजनीति


मन्त्रिपरिषद् बैठक आज : यी हुन् अजेन्डा

मन्त्रिपरिषद् बैठक आज : यी हुन् अजेन्डा

नेपालखबर
असोज ६, २०७७ मंगलबार ४:१२,

आज मंगलबार मन्त्रिपरिषद्काे नियमित बैठक बस्दै छ। बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अहिले बिहान बस्नेछ।

बैठकले निजामती कर्मचारी युनियनको यही असोज २४ गतेका लागि तय गरिएको निर्वाचन स्थगन, इजरायलसँग श्रम सम्झौतालगायत विषयमा निर्णय गर्ने एक मन्त्रीले जानकारी दिए।

यस्तै राष्ट्रिय पुननिर्माण प्राधिकरणको कार्यकाल थप्नेबारे पनि छलफल हुने बताइएको छ। सोमबार बसेको प्राधिकरणको निर्देशक समितिले १ वर्ष अवधि थप्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो।

प्राधिकरणको निर्देशक समितिका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली हुन्। प्राधिकरणको पाँचवर्षे कार्यकाल पुस १ गते सकिँदै छ।

यसैगरी मन्त्रिपरिषद् बैठकमा पुनर्उत्थान कोषको कार्यविधि प्रस्ताव पनि प्रस्तुत हुँदै छ। सरकारले बजेट भाषण तथा मौद्रिक नीतिमा समावेश गरेको ५० अर्ब रुपैयाँकाे पुनर्उत्थान कोषको कार्यविधि नेपाल राष्ट बैंकले निर्माण गरेको हो।

उक्त कार्यविधि अर्थमन्त्रालयमार्फत मन्त्रिपरिषद् पठाउन लागिएकाे हाे। पुनर्उत्थान कोष कोरोनाले अतिप्रभावित क्षेत्र पर्यटन, साना उद्योग, साना व्यवसायीले पाउने छन्।

पहिले कर्जा नभएर पुनर्कर्जाकाे सुविधासमेत लिन नपाएका व्यवसयाीले यो कोषको रकम पाउनेछन्। नेपाल राष्टबैंकले ५ प्रतिशत ब्याजदरमा कर्जा वितरण गर्ने गरी कार्यविधि तयार गरिसकको छ।

यो कोषको सहुलियत दरको पैसा व्यवसयाीले भने कमर्जचारीको तलब खर्च र व्यवसाय सञ्चाचालनका लागि खर्च गर्नुपर्ने छ। व्यवसयाको क्षमता विस्तार गर्ने गरी खर्च गर्न पाइने छैन। यो कोष निर्माणका लागि नेपाल सरकारले १ अर्ब छुट्याइसकेको छ भने अपुग रकम सरकारले ऋण लिने प्रक्रिया अपनाइसकको छ।

नियमित समय तालिकाअनुसार हिजै सोमबार बस्नुपर्ने मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको हो।

नेकपा सचिवालय बैठक पनि आजै 

मन्त्रिपरिषद्काे बैठकपछि सत्तारुढ  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक पनि आजै बस्दै छ। 

दिउँसाे साढे १२ बजे प्रधानमन्त्रीको सरकारी निवासमै बैठक बस्ने तय भएकाे छ।

बैठकमा मन्त्रिमण्डल पुनर्गठनकाे मापदण्ड र विभिन्न राजनीतिक नियुक्तिका विषयमा छलफल हुने सचिवालयका एक सदस्यले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .