नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा जेल चलान भएका छन्।
म्याद थपका लागि अदालत हाजिर गराइएका लामालाई ललितपुर जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेकाे हाे।
प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला अदालत लगेकाेमा लामालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो।
काठमाडौंको गोठाटारबाट शनिवार राति साढे १२ बजे लामालाई पक्राउ गरिएको थियो। उनलाई नख्खुस्थित एनसेल टावरमा विष्फोट गराएका, उपत्यका विभिन्न स्थानमा बम विष्फोट गराएको लगायतका अभियोगमा मुद्दा अघि बढाइएको छ।
अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि लामालाई नख्खु कारागारमा लगिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले बताए। यसअघि पक्राउ परेका विप्लव समुहका अर्का नेता हेमन्त प्रकाश ओली पनि नख्खु जेलमै छन्।

प्रतिक्रिया