NepalKhabar NepalKhabar

राजनीति


कुलमानको विषयमा कुरा मिल्यो, आइतबार नियुक्तिको निर्णय

कुलमानको विषयमा कुरा मिल्यो, आइतबार नियुक्तिको निर्णय

नेपालखबर
भदौ २७ ,

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि एक कार्यकालका लागि कुलमान घिसिङलाई नियुक्त गर्ने तयारी गरेका छन्।

कुलमानको पहिलो चार वर्षे कार्यकाल भोली आइतबार पूरा हुँदैछ। त्यसैले भोली नै मन्त्रीपरषद बैठक राखेर कुलमानलाई नियुक्ति दिने निर्णय गर्ने तयारी छ।

शुक्रबार सत्तारुढ नेकपाको स्थायी समिति बैठकपछि प्रधानमन्त्री ओली र उर्जामन्त्री वर्षमान पुनबीच भएको भेटमा कुलमानलाई फेरि नियुक्ति दिने सहमति भएको हो।

बालुवाटारस्थित उच्च स्रोतका अनुसार भेटमा प्रधानमन्त्री ओलीले कुलमानलाई नियुक्ति दिने तयारी गर्न उर्जामन्त्री पुनलाई भनेका छन्। मन्त्री पुनको सचिवालयका सदस्यहरूले पनि यसको पुष्टि गरेका छन्।

‘प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै नियुक्त गर्ने हो, त्यसका लागि तयारी गारौं’, प्रधानमन्त्रीको भनाइ उधृत गर्दै मन्त्री पुनका प्रेस संयोजक दयानिधी भट्टले भने, ‘सहमति भैसक्यो, अब कुलमान घिसिङको नियुक्ति हुन्छ।’

कार्यकारी निर्देशक नियुक्ति सम्बन्धी नियमावलीमा पुनर्नियुक्तिको स्पष्ट व्यवस्था नभएकाले आइतबार वा सोमबार बस्ने नियमित मन्त्रीपरिषदबाट निर्णय गरेपनि त्यो नयाँ नियुक्तिजस्तै नै हुनेछ। र, नियमावलीअनुसार मन्त्रीपरिषदले सिधै नियुक्ति दिनसक्नेछ।

भट्टका अनुसार पनि संभवतः आइतबार नै मन्त्रीपरिषदको बैठक बसेर कुलमानलाई नियुक्ति दिने निर्णय हुनेछ। आइतबार भएन भने सोमबार बस्ने मन्त्रीपरिषदको नियमित बैठकबाट नियुक्तिको निर्णय हुने देखिन्छ।

कार्यकारी निर्देशक भएपछि कुलमानले लोडसेडिङ हटाएर देशलाई उज्यालो बनाउन र ठूलो घाटामा चलिरहेको प्राधिकरणलाई नाफामा लैजान नेतृत्वदायी भूमिका खेलेका थिए। यद्यपी प्रधानमन्त्री ओली र उर्जामन्त्री पुनको योजना र प्रोत्साहनले यसमा सफलता पाएको कुलमानले बताउँदै आएका छन्।

प्रधानमन्त्री ओलीले करिब तीन हप्ताअघि नै मन्त्री पुनसँगको भेटमा कुलमानलाई निरन्तरता दिने संकेत गरेका थिए। त्यसयता प्रधानमन्त्री ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच पनि कुलमानको निरन्तरताबारे छलफल भएको थियो।

 

भदौ २७, २०७७, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.