राजनीति


अमेरिकी दूतावासद्वारा संयुक्त उपचार कार्यक्रमलाई सहयोग

अमेरिकी दूतावासद्वारा संयुक्त उपचार कार्यक्रमलाई सहयोग

नेपालखबर
साउन ७, २०७६ मंगलबार १०:३९,

अमेरिकी दूतावासले साउन ६ देखि १० गतेसम्म चन्द्रागिरीस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठानमा अमेरिकी सेनाका सदस्य र सशस्त्र प्रहरी बलका १८ जना सदस्यलाई भेला गराई प्राथमिक उपचारकसम्बन्धी संयुक्त ज्ञान आदानप्रदान गराएको छ।

अमेरिकी सैनिक र सशस्त्र प्रहरी बलबीच सम्पन्न भएको यस प्रकारको यो दोस्रो अभ्यास हो। यसअघि २०७५ चैत २५ देखि २९ गतेसम्म सशस्त्र प्रहरी बलको कुरिनटारस्थित विपद् व्यवस्थापन शिक्षालयमा पहिलो अभ्यास सञ्‍चालित गरिएको थियो।

उक्त आदानप्रदान कार्यक्रममा दुर्घटनाका घाइतेहरूको मूल्याङ्कन, च्यापिएर घाइते भएका व्यक्तिहरूको उपचारसम्बन्धी नियम, विपद् दुर्घटनाको परिदृश्य र गम्भीर घाइते बिरामीहरूको उपचारको वर्गीकरण लगायतका विषय समेटिएको छन्। आआफ्नो बृहत् ज्ञान र प्रशिक्षण अनुभवको सदुपयोग गर्दै दुवै पक्षले एकार्काको विपद्सम्बन्धी पहिलो उपचारक क्षमता सुधारका लागि उत्कृष्ट अभ्यास तथा विचार आदानप्रदान गरेका छन्।

विज्ञता आदानप्रदान कार्यक्रम अमेरिकी इन्डो प्यासिफिक कमान्ड (इन्डोपेकोम) र सशस्त्र प्रहरी बलबीच साझेदारीको एक उदाहरण हो। सुरक्षा सहयोगको प्रवर्द्धन, शान्तिपूर्ण विकासको प्रोत्साहन, आकस्मिक घटनाको प्रतिकार्य र हिंसात्मक घटनाको निवारणमार्फत् अमेरिकी इन्डोपेकोम क्षेत्रीय स्थायित्वलाई बढावा दिँदै आएको छ।

'नेपाली र अमेरिकी फौजले आपसी सहकार्यमा एकार्काको पहिलो प्राथमिक उपचारक क्षमता कसरी वृद्धि गर्न सक्दा रहेछन् भन्ने कुरा यस आदानप्रदान कार्यक्रमबाट प्रदर्शित भएको छ,' इन्डोपेकोमका एक सहभागी एसएसजी नेथन ग्रीन भन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad