राजनीति


प्रचण्डले भनेः पार्टीलाई फुटबाट बचाइयो, अब ढुक्क भएर महाधिवेशनमा जाऔँ

प्रचण्डले भनेः पार्टीलाई फुटबाट बचाइयो, अब ढुक्क भएर महाधिवेशनमा जाऔँ

नेपालखबर
भदौ २६, २०७७ शुक्रबार १२:२५,

पार्टीलाई फुटबाट जोगाउन सफल भएको भन्दै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुसी व्यक्त गरेका छन्। अब आफूपार्टी निर्माणमा केन्द्रित हुने पनि उनले बताए।

स्थायी समिति बैठकको अध्यक्षता गर्दै बोलेका प्रचण्डले प्रतिवेदन पास गरेर ढुक्क भएर महाधिवेशनमा लाग्न पनि स्थायी समिति सदस्यहरुलाई निर्देशन दिए।

‘लामो समयदेखि पार्टीभित्र देखिएका सबै असहमति हल भएका छन्, अब ढुक्क भएर पार्टी निर्माण गर्दै महाधिवेशनमा जाऊँ, तपाईंहरुका केही माग छन् भने कात्तिकमा बस्ने केन्द्रीय समिति बैठकमा राख्नुहोला,’ प्रचण्डले बैठकमा भनेका थिए।

प्रचण्डले प्रतिवेदनमा लेखेको सबै कुरा लागू गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

‘प्रतिवेदनमा लेखेको कुरा लागू गछौं, एकता मुख्य थियो, पार्टी एकता बचाइयो, विभिन्न आशंका थिए, गर्दै जाँदा जे पनि हुन्थ्यो, अब ढुक्कसँग पार्टीलाई महाधिवेशनमा लगिन्छ,’ प्रचण्डले भने।

नेकपामा प्रचण्डको फेरिएको भूमिका उनको आसनमा पनि झल्किन्थ्यो। शुक्रबारको बैठकमा प्रचण्ड हलको बीचमा राखिएको कुर्सीमा बसेका थिए। यसअघि बैठकमा नेताहरुको आसनको विषयमा पनि नेकपा नेतृत्वमा किचलो देखिएको थियो।

प्रचण्डले १५ बुँदे सहमतिको संयुक्त प्रस्ताव नै महाधिवेशनमा जाने मुख्य आधार भएको बताए। स्थगित भएको ४३ दिनपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक एकै दिनमा सकिएको छ।

सहमतिका लागि भन्दै अध्यक्षद्वय ओली र प्रचण्डले १५ बुँदे प्रस्ताव ४४ जनै स्थायी समिति सदस्यलाई बैठक बस्नु दुईदिन अघि नै अध्ययनका लागि पठाएका थिए।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय विवाद समाधानको सुझाव कार्यदल गठन गरिएको थियो। सोही कार्यदलले दिएको १७ पृष्ठको सुझावलाई थप परिमार्जन गरेर ओली र प्रचण्डले संयुक्त रुपमा सहमतिको प्रस्ताव तयार पारेका थिए। जसलाई आज बसेको बैठकले पास पनि गरेको छ।

‘स्थायी समितिको बैठक सकियो, दुई अध्यक्षको संयुक्त प्रतिवेदन पनि पास भयो,’ एक स्थायी समिति सदस्यले भने, ‘एकताको महाधिवेशनमा जाने वातावरण निर्माण भएको जस्तो देखिन्छ, उहाँहरुको व्यवहार हेरौं।’

बैठकले पार्टीको सचिवालयको सुझाव र दुई अध्यक्षको परामर्शमा सरकार सञ्चालन हुनुपर्ने निष्कर्ष पनि निकालेको छ।

‘आधारभूत नीति र राष्ट्रिय महत्वका निर्णय लिँदा पार्टीको मार्गनिर्देशनअनुसार गर्नुपर्ने आजको बैठकले निष्कर्ष निकालेको छ,’ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि भने।

कार्यकारी अध्यक्ष प्रचण्डलाई बैठक चलाउन दिएर ओली भने आफ्ना धारणा राखेर बाहिरिएका थिए।

‘उहाँ केही समय बसेर बाहिरिनु भयो,’ सल्लाहमै बाहिरिनुभएको हो, अर्का स्थायी समिति सदस्यले भने।

साउन १३ गते कार्यकारी अधिकारको प्रयोग गर्दै प्रचण्डले बालुवाटारमै २९ जना सदस्यको बैठक राखेका थिए। त्यसपछि पार्टीभित्रको विवाद समाधानको उपाय खोज्नको लागि साउन ३० गते

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad