ad ad

राजनीति


विप्लवका पोलिट्ब्युरो सदस्य विरही अस्पतालबाट डिस्चार्ज भएलगत्तै पक्राउ, धनुषा पठाउने तयारी

विप्लवका पोलिट्ब्युरो सदस्य विरही अस्पतालबाट डिस्चार्ज भएलगत्तै पक्राउ, धनुषा पठाउने तयारी

नेपालखबर
भदौ २०, २०७७ शनिबार १४:१९,

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका नेता अनिल शर्मा ‘विरही’लाई अस्पतालबाट डिस्चार्ज भएलगत्तै प्रहरीले पक्राउ गरेको छ।

लामो समयदेखि भरतपुर अस्पतालमा उपचाररत नेकपाको पोलिट्ब्यूरो सदस्य समेत रहेका शर्मालाई शनिबार दिउँसो डिस्चार्ज भएलगत्तै अस्पताल परिसरबाटै प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले धनुषामा विरहीविरुद्ध मुद्दा रहेको र सोही मुद्दाका आधारमा उनलाई नियन्त्रणमा लिइएको जानकारी दिए।

‘अस्पतालले डिस्चार्ज गरेसँगै नियन्त्रणमा लिएका हौँ, उहाँविरुद्ध धनुषामा मुद्दा छ, त्यसैले धनुषा पठाउँछौं’, डीएसपी थापाले भने।

जिल्ला प्रहरी कार्यालयको भ्यानमा राखेर उनलाई जिल्ला प्रहरी कार्यालय पु¥याइएको छ।

धनुषा प्रहरीसँग समन्वय भइरहेकाले विरहीलाई धनुषा नै पठाइने प्रवक्ता थापाले जानकारी दिए। नेता विरही वैशाखदेखि नै भरतपुर अस्पतालमा उपचाररत थिए।

घरमा काम गर्दा लडेपछि ढाँडमा समस्या हुँदा विरही उपचारका लागि पुरानो मेडिकल कलेज आएका थिए। सोही बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएर सो अस्पताल पु¥याएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .