राजनीति


दक्षिण चीन सागरको विषयमा अमेरिकाको पक्ष नलिन आसिएन राष्ट्रलाई चीनको चेतावनी

दक्षिण चीन सागरको विषयमा अमेरिकाको पक्ष नलिन आसिएन राष्ट्रलाई चीनको चेतावनी

नेपालखबर
भदौ २०, २०७७ शनिबार १२:४२,

विवादित जलक्षेत्र दक्षिण चीन सागरको विषयमा हुन लागेको महत्वपूर्ण छलफल अगाडि चीनले आफ्ना दक्षिणपूर्वी एसियाली छिमेकी राष्ट्रहरुलाई विवाद खडा गर्ने अमेरिकासँग सम्पर्क नगर्न चेतावनी दिएको हो।

चीनको उप–विदेशमन्त्री लुओ झाओहुइले दक्षिण चीन सागरबारे सन् २००२ यता जारी छलफल पुनः सुचारु हुने बताउँदै आसिएन राष्ट्रसँग यसको विवादबारे छलफल हुने बताए।

कोरोना भाइरसका कारण यस छलफल अवरुद्ध भएको थियो। चीनले यस जलक्षेत्रसँग सम्बन्धित मुलुकबाहेक अन्यले यस विषयमा छलफल नगर्ने अडान पहिल्यैबाट राख्दै आएको छ।

तर आसिएन राष्ट्रहरु जसले दक्षिण चीन सागर चीनसँगै दाबी गरिरहेका छन् उनीहरुले अमेरिकी उपस्थितीलाई स्वागत गरेका छन्। चीनले बारम्बार अमेरिका दक्षिण चीन सागरको दाबीकर्ता नभएकाले यस क्षेत्रमा कुनै गतिविधि संचालन नगर्न भनिरहेको छ।

तर अमेरिकाले आफ्ना सहयोगी राष्ट्रको सुरक्षा प्रदान गर्नु कर्तव्य भएको बताउँछ। अमेरिकी सेनाले यहाँ सैन्य अभ्यास पनि गरिरहन्छ।

लुओले अमेरिकाकै कारण दक्षिण चीन सागरमा समस्या खडा भएको आरोप लगाएका छन्।

उनका अनुसार अमेरिकाले चीन विरोधी शक्ति क्वाड यस क्षेत्रमा खडा गरेको छ। क्वाडलाई लुओले सानो नेटो समूह भनेका छन्। अमेरिकाले शितयुद्धको मनस्थितीसमेत बनाएको चीनको आरोप छ।

दक्षिण चीन सागर विवादित जलक्षेत्र मानिन्छ। चीनले यस विवादित जलक्षेत्रमा कृत्रिम टापुको निर्माण गरेर सेना तथा हतियारहरु तैनाथ गरेको छ।

तर दक्षिण चीन सागर आफ्नो भएको दाबी गर्ने मुलुकहरुले चीनको यस कार्यको विरोध गरेका छन्। चीनसँगै ब्रुनाइ, मलेसिया, फिलिपिन्स, ताइवान तथा भियतनामले पनि यस सागर आफ्नो भएको दाबी गर्दछन्।

अमेरिकाले आफ्ना सहयोगी राष्ट्रको सुरक्षाको लागि भन्दै यस विवादित जल क्षेत्रमा सैन्य अभ्यास गर्दै आएको जनाएको छ।

चीनले अमेरिका यस क्षेत्रको दाबीकर्ता नभएको र उसले यस क्षेत्रमा सैन्य अभ्यास गर्नु अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको बताउँदै आएको छ।

अन्तर्राष्ट्रिय अदालतले सन् २०१६ मा दक्षिण चीन सागरलाई चीनले दाबी गर्नु अवैधानिक र आधारहीन कार्य भएको बताएको थियो।

अमेरिका लगायतका मुलुकले चीनले अन्तर्राष्ट्रिय अदालतको फैसला मान्नुपर्ने बताएका छन्।

चीनले भने दक्षिण चीन सागरको विषय आन्तरिक मामिला भएकाले यस विषयमा हस्तक्षेप नगर्न चेतावनी दिँदै आएको छ। एससीएमपी

यो पनिः ‘चिनियाँ जनमुक्ति सेनाको चरणबद्ध सैन्य अभ्यास ताइवान कब्जा गर्ने योजना’

फिलिपिन्सले भन्योः चीनले हाम्रो जहाजमाथि आक्रमण गर्‍यो भने अमेरिकालाई गुहार्छौँ

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad