ad ad

राजनीति


नरवणेले भनेः सीमामा तनाव छ, तर हाम्रा जवान जुनसुकै चुनौतीको सामना गर्न तयार छन्

नरवणेले भनेः सीमामा तनाव छ, तर हाम्रा जवान जुनसुकै चुनौतीको सामना गर्न तयार छन्

नेपालखबर
भदौ १९, २०७७ शुक्रबार १४:५,

भारतीय सेनापति मनोज मुकुन्द नरवणेले चीनसँगको सीमामा परिस्थिति तनावपूर्ण रहेको बताएका छन्। उनले सैनिकहरु जुनसुकै चुनौतीको सामना गर्न पनि तयार रहेको बताए।

दुई दिने भ्रमणका लागि बिहीबार लद्दाख पुगेका नरवणेले शुक्रबार यस्तो बताएका हुन्।

‘लेह पुगेपछि मैले विभिन्न स्थानको भ्रमण गरेँ। अफिसरहरुसँग कुरा गरेँ, तयारीको अवस्था बुझेँ,’ नरवणेको भनाइ भारतीय सञ्चारमाध्यमले उधृत गरेका छन्, ‘जवानहरुको मनोबल उच्च छ। उनीहरु सबै चुनौती सामना गर्न तयार छन्।’

उनले भारतीय सैनिकहरु विश्वकै उत्कृष्ट सैनिक भएको दाबी पनि गरे।

गतसाता पाङगोङ ताल क्षेत्रमा भारत र चीनबीच पुनः तनाव उत्पन्न भएको छ। यद्यपि दुवै मुलुकले सैन्य र कूटनीतिक स्तरमा आपसी वार्ता जारी राखेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .