ad ad

राजनीति


चिनियाँ राष्ट्रपति सीको पाकिस्तान भ्रमण स्थगित

चिनियाँ राष्ट्रपति सीको पाकिस्तान भ्रमण स्थगित

नेपालखबर
भदौ १९, २०७७ शुक्रबार १२:४६,

चीनका राष्ट्रपति सी चिनफिङको पाकिस्तान भ्रमण तत्कालका लागि स्थगित भएको छ।

कोरोना भाइरसको महामारीबाट सृजित कठिन परिस्थितिका कारण उनको भ्रमण हाललाई स्थगित भएको पाकिस्तानका लागि चिनियाँ राजदूत याओ जिङ्ले जानकारी दिए।

उनका अनुसार पाकिस्तान र चीन दुवै देशका कुटनीतिक अधिकारीहरुले उहाँको भ्रमणको नयाँ मितिका बारेमा छलफल गरिरहेका छन् र भ्रमण तालिका चाडै नै सार्वजनिक गर्नेछन्।

पाकिस्तानको गिजा महलमा भएको पत्रकार सम्मेलनमा उनले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको निमन्त्रणामा चिनियाँ राष्ट्रपति चिनफिङ पाकिस्तान भ्रमणमा आउने तयारी भएको जानकारी दिएका थिए।

चीनका र भारतका बीचमा सीमा विवाद भइरहेका बेला उनको भ्रमण तय भएको र दुई देशको विवाद कायमै रहेका बेला विवादमा मुछिएको एउटा देशका प्रमुख अर्को तेस्रो देशको भ्रमणमा जान लागेको विषयलाई चासोका साथ हेरिएको छ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .