ad ad

राजनीति


अर्थमन्त्री खतिवडालाई पनि राष्ट्रियसभामा लैजानेबारे कुनै छलफल भएको छैन : प्रवक्ता श्रेष्ठ

अर्थमन्त्री खतिवडालाई पनि राष्ट्रियसभामा लैजानेबारे कुनै छलफल भएको छैन : प्रवक्ता श्रेष्ठ

नेपालखबर
भदौ १८, २०७७ बिहिबार १२:४५,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले अर्थमन्त्री डा. युवराज खतिवडालाई राष्ट्रियसभामा लैजाने विषयमा पार्टीमा छलफल नै नभएको बताएका छन्।

बिहीबार पार्टी सचिवालयको बैठकका निर्णयबारे प्रत्रकारलाई जानकारी गराउँदै प्रवक्ता श्रेष्ठले राष्ट्रपतिबाट मनोनित हुने एक रिक्त पदमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय भएको बताए।

प्रधानमन्त्रीले अर्थमन्त्री खतिवडालाई निरन्तरता दिन चाहेको र त्यसका लागि राष्ट्रियसभाका एक सदस्यलाई फिर्ता बोलाई उनलाई लैजाने तयारी भइरहेकोबारे पत्रकारले राखेको प्रश्नमा उनले यस्तो बताएका हुन्।

‘प्रधानमन्त्रीले हामीलाई त्यसो भन्नुभएको छैन, एउटा रिक्त स्थानमा उपाध्यक्ष वामदेव गौतमलाई सरकारका तर्फबाट मनोनयनका लागि सिफारिस गरिनेछ, पार्टीमा भएको र हामीलाई जानकारी दिइएको यही हो’, प्रवक्ता श्रेष्ठले भने।

बिहीबारको सचिवालय बैठकले राष्ट्रियसभाको एक रिक्त सदस्यमा उपाध्यक्ष गौतमको नाम सरकारतर्फबाट सिफारिस गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .