ad ad

राजनीति


भारतीय अभियन्ता प्रशान्त भुषणको सर्वाेच्चलाई जवाफ : अदालतसँग माफी माग्नु ‘मेरो विवेकको अवहेलना’

भारतीय अभियन्ता प्रशान्त भुषणको सर्वाेच्चलाई जवाफ : अदालतसँग माफी माग्नु ‘मेरो विवेकको अवहेलना’

नेपालखबर
भदौ ८, २०७७ सोमबार १०:३३,

अदालतको अपहेलनाका मुद्दा खेपिरहेका भारतका वकिल तथा चर्चित अभियन्ता प्रशान्त भुषणले सर्वोच्च अदालतसामु आफूले माफी नमाग्ने अडान लिएका छन्।

उनले सामाजिक सञ्जालमा गरेको टिप्पणीले अदालतको अपहेलना भएको भनी अदालतले उनलाई आफ्नो भनाइप्रति पुनर्विचार गर्न माफी माग्न समय दिएको थियो।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार १० दिनअघि बसेको सर्वोच्च अदालतको बेन्चले उनले गरेका दुई ट्विटले अदालतको अपहेलना गरेको ठहर गरेको थियो।

‘ती ट्विटमा भनिएका कुरा मेरै सच्चा विचार हुन् जसमा म अडिग छु। एक नागरिक र यस अदालतप्रति बफादार अफिसरको रुपमा मेरो उच्चतम जिम्मेवारीअनुसार नै यी विचारलाई सार्वजनिकरुपमा अभिव्यक्त गरिएको म ठान्छु,’ उनले सोमबार अदालतमा भनेका छन्, ‘त्यसकारण ती अभिव्यक्तिप्रति सशर्तः वा निशर्तः माफि माग्नु बेइमानी हुन्छ...आफूले सहि ठानेका ती मेरा भनाइ फिर्ता लिनु भनेको मेरो नजरमा मेरो विवेकको अवहेलना हुनेछ र मैले उच्चतम सम्मान गर्ने संस्थाप्रति पनि।’

अगस्त २० मा अदालतले उनलाई आफ्ना भनाइलाई पुनर्विचार गरी माफी माग्न केहि दिन समय दिएको थियो।

भुषणले आफूले विचार परिवर्तन गर्ने कुनै संभावना नभएको हुँदा समय दिइराख्न आवश्यक नभएको उतिबेलै भनेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .