ad ad

कारोबार


लकडाउनमा यातायात व्यवस्था विभागको उपलब्धि : लाइसेन्स छपाइ पूरै सकियो

लकडाउनमा यातायात व्यवस्था विभागको उपलब्धि : लाइसेन्स छपाइ पूरै सकियो

नेपालखबर
भदौ ८, २०७७ सोमबार १०:३३,

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले लाइसेन्स पाउन लामो समय कुर्नु नपर्ने जनाएको छ। यातायात व्यवस्था विभागले पुराना सबै लाइसेन्स छपाइ गरेकाले नयाँले छिट्टै पाउने विभागकाे दाबी छ।

यातायात व्यवस्था विभागले लकडाउन अवधिभर ५ लाख बढी लाइसेन्स छपाइ गरेको छ। ट्रायल पास गरेका वा नवीकरण गरेका सवारी चालकले लाइसेन्स पाउन एक वर्षसम्म कुर्नुपर्ने अवस्था अन्त्य हुने विभागको भनाइ छ।

यातायात व्यवस्था विभागले लकडाउनको बेला पनि स्मार्ट लाइसेन्स छपाइको काम जारी राख्दा धेरैले स्मार्ट लाइसेन्स पाउने भएका हुन्।

विभागका अनुसार दैनिक तीन सिफ्टमा स्मार्ट लाइसेन्सको छपाइको काम गरी मास प्रिन्टरबाट दैनिक ५ हजार बढी लाइसेन्स छपाइ भएको छ।

विभागले लकडाउन सुरु हुँदा एक हप्ता बढी छपाइको काम पनि बन्द गरेको थियो तर तत्काल लकडाउन खुल्ने सम्भावना नदेखेपछि छपाइको काम पुनः सुरु गरी सबै मौजुदा लाइसेन्सको छपाइ सकिएको छ।

‘लकडाउनको बीचमा हामीले ५ लाख बढी लाइसेन्स छपाइ गरेका छौँ’, विभागका सूचना अधिकारी तीर्थराज खनालले नेपालखबरसँग भने, ‘अहिलेसम्म २१ लाख स्मार्ट लाइसेन्स छपाइ गरिरहेका छौँ।’

अहिले छपाइ सकेर मेसिन बन्द भएको उनको भनाइ छ। अब करिब हजार लाइसेन्समात्रै छपाइ बाँकी रहेको र अब नयाँ लाइसेन्स छपाइको लागि आएसँगै छपाइ हुने उनले बताए।

लकडाउनसँगै लाइसेन्सको ट्रायल परीक्षा बन्द हुँदा नयाँ स्मार्ट लाइसेन्सको माग बढेको छैन भने पुराना लाइसेन्स नवीकरण पनि बन्द छ। यसले विभागलाई नयाँ लाइसेन्सको माग छैन। लकडाउनअघि नै ट्रायल पास गरेका र नवीकरण गरेका लाइसेन्स छपाइ भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .