ad ad

राजनीति


चुनावको मुखमा ट्रम्पकी वरिष्ठ सल्लाहकारले दिइन् राजीनामा

चुनावको मुखमा ट्रम्पकी वरिष्ठ सल्लाहकारले दिइन् राजीनामा

नेपालखबर
भदौ ८, २०७७ सोमबार ९:३८,

अमेरिकी राष्ट्रपतिको चुनाव नजिकिँदै गएका बेला राष्ट्रपति डोनाल्ड ट्रम्पकी वरिष्ठ सल्लाहकार केल्यानी कनवेले राजीनामा दिएकी छन्।

५३ वर्षीय कनवेले एक वक्तव्य जारी गर्दै अर्को सातादेखि लागु हुनेगरी आफूले राजीनामा दिएको घोषणा गरेकी हुन्।

राष्ट्रपति ट्रम्पका आलोचक रहेका उनका श्रीमान पनि राजनीतिक अभियानबाट पछि हट्ने भएका छन्।

कनवेले राजीनामा दिने निर्णय नितान्त स्वेच्छाले गरेको बताएकी छन्।

रिपब्लिकन पार्टीकी महत्वपूर्ण रणनीतिकार र चुनावी विश्लेषक मानिने कनवे सन् २०१६ मा ट्रम्प निर्वाचित हुँदा चुनावी अभियान हाँक्ने महत्वपूर्ण व्यक्ति थिइन्। उनलाई सफल राष्ट्रपतीय चुनाव व्यवस्थापन गर्ने पहिलो महिलाका रुपमा समेत चिनिन्छ।

उनकी छोरीले आफ्नी आमाको जागिरले आफ्नो जिन्दगी नै बर्बाद बनायो भनी ट्विट गरेको केहि घण्टामैं उनले पदबाट राजीनामाको घोषणा गरेकी हुन्।

बुधबारको रिपब्लिकन नेसनल कन्भेन्सनमा सम्बोधन गर्ने तयारीमा समेत रहेकी कनवेले ट्रम्पलाई आफूले व्हाइटहाउस छोड्न लागेको जानकारी आइतबार नै दिएकी छन्।

ट्रम्पकी राजनीतिक सल्लाहकारको रुपमा काम गरेकी उनी राष्ट्रपतिको प्रशासनमा निकै प्रभावशाली थिइन्।

उनका श्रीमान् भने यसपटक ट्रम्प दोहोरिनु हुँदैन भन्ने धारणा राख्ने रिपब्लिकन नेता हुन्।

अहिले लाखौं बालबालिकाहरु घरमैं बसेर अध्ययन गरिरहेका र उनीहरुलाई यस्तो संकटमा अभिभावकको साथ आवश्यक परेको हुँदा अब आफूले आफ्ना बालबालिकालाई समय दिने उनले बताएकी छन्। -बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .