बेलायतका अर्थमन्त्री फिलीप ह्यामण्डले यदि बोरिस जोनसन बेलायतको प्रधानमन्त्री भएमा आफूले राजिनामा दिने बताएका छन्।
आइतबार बीबीसी टेलिभिजनसँगको कुराकानीमा अर्थमन्त्री ह्यामण्डले बेलायतको यूरोपेली यूनियनबाट हुने बहिर्गमनमा बिषयमा जोनसनको रणनीतिप्रति आफू कहिल्यै सहमत नभएको बताउँदै उनको नेतृत्वमा आफूले काम गर्न सम्भव नहुने बताएका हुन्।
उनले भने, “प्रधानमन्त्रीका रूपमा नयाँ नेतृत्व जोनसनले लिएमा पक्कै पनि म कसैबाट हटाइनुपूर्व राजिनामा दिनेछु।”
उनका अनुसार सम्भवत: बेलायतको कन्र्जभेटिभ पार्टीले आगामी बुधबार प्रधानमन्त्रीका लागि जोनसनको नाम चयन गर्नेछ। एजेन्सी
3
Shares

प्रतिक्रिया