प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपरान्ह बसेको नेकपा सचिवालय बैठकले विभाग, आयोग प्रमुखबारे निर्णय गर्न सकेन। महत्वपूर्ण विभागमा शीर्ष नेताहरु रहने समझरी यसअघि नै बनेको स्थितिमा बालुवाटार बैठकले त्यसलाइ औपचारिकता दिने अपेक्षा थियो।
यसअघि नै संगठन विभाग प्रमुख वामदेव गौतम, विदेश विभाग प्रमुख बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रहने निश्चित भइसकेको छ।
माओवादीको भागमा परेको आर्थिक विभाग र प्रचार विभाग पनि टुंगो लाग्न सकेको छैन। स्कूल विभागमा आकांक्षी धेरै हुँदा टुंगो लाग्न बाँकी छ। स्कुल विभागमा तत्कालीन पूर्वएमालेका ईश्वर पोखरेल र पूर्वमाओवादीका नारायणकाजी श्रेष्ठको दाबी रहेको छ।
नेकपाको ३२ विभाग रहनेछन्। पूर्वएमालेले १८ र पूर्वमाओवादीले १४ वटा विभाग लिने समझदारी भइसकेको छ।
यसैबीच नेकपा नेता बामदेव गौतमले संगठन विभाग प्रमुख आफू नै बन्ने पक्कापक्की रहेको बताएका छन्। बालुवाटार बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘बैठकमा अपेक्षित रुपमा सकारात्मक छलफल भएको छ। संठन विभाग प्रमुख मैले नै पाउने पक्का छ।’
बैठकले ७७ वटै जिल्लाका इन्चार्ज तथा सहइन्चार्जको जिम्मेवारी बाँडफाँट टुंग्याएको छ। जिल्ला कमिटैकै मान्यता पाएका ६ वटा महानगरको इन्चार्ज समेत टुंगो लगाएको छ। बैठक पसी मंगलबार १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ।
यो पनि: नेकपाले ६ महानगरसहित सबै जिल्लाका इन्चार्जको टुंगो लगायो

प्रतिक्रिया