ad ad

राजनीति


नेकपा कार्यदलको बैठक बालुवाटारमा

नेकपा कार्यदलको बैठक बालुवाटारमा

नेपालखबर
भदौ ४, २०७७ बिहिबार ९:१,

सत्तारुढ नेकपाभित्रको विवाद समाधानको सुझाव दिन गठन गरिएको कार्यदलको बिहीबारको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलको बैठक दिउँसो २ बजेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालय रहने भवनमा बसिरहेको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईँले जानकारी दिए।

‘उहाँहरु कहिले कहाँ, कहिले कहाँ छलफल गरिराख्नुभएको थियो, आज बालुवाटारभित्रको सचिवालय रहने स्थानमा बैठक बसिराख्नुभएको छ,’ बजगाईंले भने, ‘कार्यदलकै आन्तरिक बैठक भएकोले प्रधानमन्त्री जाने, भेट्ने कुरै भएन।’

शुक्रबार गठन गरिएको कार्यदलको बैठक शनिबार राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीको भैँसेपाटीस्थित निवासमा बसेको थियो।
त्यसपछि आइतबार अनौपचारिक छलफल गरेका कार्यदल सदस्यले सोमबार बैठक राखेनन्।

पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदल गठनमा बैधानिकताको प्रश्न उठाएका थिए।

सोमबार बसेको सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेपछि मंगलबारदेखि कार्यदलले विषयकेन्द्रित छलफल थालेको थियो।

मंगलबार र बुधबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा कार्यदलको बैठक बसेको थियो। छिट्टै प्रतिवेदन बुझाउने तयारीसहित कार्यदलले कामलाई तीव्रता दिइरहेका बेला बिहीबारको बैठक प्रधानमन्त्री निवास बालुवाटारभित्रै बसेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .