सरकारले किशोर श्रेष्ठलाई हटाउँदै प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्ष दुर्गा भण्डारीलाई बनाएको छ।
सोमबार साँझ बसेकाे मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। श्रेष्ठको काउन्सिल सदस्य पद भने यथावत् छ।
सरकारले भण्डारीलाई केही दिनअघि मात्र काउन्सिलको सदस्यमा नियुक्त गरेको थियो।
यस्तै मन्त्रिपरिषद् बैठकले डा. कल्याण रोकालाई युवा तथा साना व्यवसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए।
प्रेस काउन्सिल ऐन- २०४८ को ६ (१) क अनुसार सरकारले गठन गर्ने काउन्सिलमा ‘सर्वोच्च अदालतको अवकाश प्राप्त न्यायाधीश वा वरिष्ठ अधिवक्ता वा पत्रपत्रिकाको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिमध्येबाट नेपाल सरकारबाट मनोनित व्यक्ति अध्यक्ष हुने’ व्यवस्था छ।
त्यसैगरी प्रेस काउन्सिल ऐन- २०७५ (मस्यौदा) को परिच्छेद- २ को ३ (२) क मा ‘सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता पुगेका, वरिष्ठ अधिवक्ता वा पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्ति मध्येबाट कम्तिमा ४५ वर्ष उमेर पुगेकाव्यक्ति अध्यक्ष हुने’ प्रस्ताव गरिएको छ।

प्रतिक्रिया