राजनीति


भारतसँग मतभेद व्यवस्थापन गर्न तयार छौं, एक अर्कालाई सम्मान गर्नु महत्वपूर्ण छः चीन

भारतसँग मतभेद व्यवस्थापन गर्न तयार छौं, एक अर्कालाई सम्मान गर्नु महत्वपूर्ण छः चीन

नेपालखबर
भदौ १, २०७७ सोमबार १२:५७,

चीनको विदेशमन्त्रालयले सोमबार भारतसँग आपसी विश्वास बढाउन र मतभेदहरु व्यवस्थापन गर्न आफू तयार रहेको बताएको छ।

गत शनिबार भारतको स्वतन्त्रता दिवसका दिन प्रधानमन्त्री मोदीले दिएका अभिव्यक्तिपछि चीनको प्रतिक्रिया आएको हो।

मोदीले देशको क्षेत्रीय अखण्डता सर्वोच्च भएकाले भारतका सैन्यशक्तिलाई मजबुत बनाइने बताएका थिए।

मोदीले चीनलाई इंगित गर्दै भनेका थिए,‘भारतको सार्वभौमिकतामा आँखा लगाउनेलाई हाम्रा सेनाले उनीहरुले बुझ्ने भाषामा प्रतिक्रिया दिएका छन्। देशको क्षेत्रीय अखण्डता सर्वोच्च विषय हो। हामीले के गर्छौ, हाम्रा सेनाले के गर्छन् त्यो लद्दाखमा सबैले देखेका छन्।’

गत जुन १५ मा भारत र चीनका सेनाबीच विवादित गलवान उपत्यकामा झडप हुँदा २० भारतीय सेनाको मृत्यु भएको थियो। भारतले चीनका ४० सेना उक्त झडपमा मारिएको दाबी गरेपनि चीनले यो विषय स्वीकार गरेको छैन।

सोमबार चीनको विदेशमन्त्रालयले भनेको छ,‘एक अर्कालाई सम्मान र सहयोग गर्नु महत्वपूर्ण छ।’ हिन्दुस्तान टाइम्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad