राजनीति


पार्टी एकता सुनिश्चित हुँदा नेकपामा सबै खुशी : नारायणकाजी

पार्टी एकता सुनिश्चित हुँदा नेकपामा सबै खुशी : नारायणकाजी

नेपालखबर
साउन ३२, २०७७ आइतबार ९:३३,

‪सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखिएको विवाद समधानका लागि बनाइएको ६ सदस्यीय कार्यदलका बारेमा गलत र भ्रामक प्रचार गर्नु गलत भएको बताएका छन्।

प्रवक्ता श्रेष्ठले कार्यदलले आफ्नो काम सुरु गरिसकेको र यसले सकारात्मक सन्देश दिएको बताएका छन्। उनले कार्यदल गठनपछि पार्टी एकता सुनिश्चित भएको समेत दावी गर्दै एकताको रक्षाले सबैलाई खुसी बनाएको बताएका छन्।

उनले कार्यदलले पार्टी र सरकार सञ्चालनमा कसरी गुणातमक परिवर्तन गर्ने भन्ने सुझाब पेस गर्ने बताएका छन्।

‘‪कार्यदलले तात्कालिन रुपमा कोभिड–१९ को नियन्त्रण, उपचार र अर्थतन्त्रको पुनर्निमाण र अन्ततः राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समाजवाद उन्मुख सामाजिक–आर्थिक रुपान्तरण गर्न पार्टी र सरकार सञ्चालनमा के कसरी गुणात्मक परिवर्तन गर्ने भन्ने सुझाव प्रस्ताव पेश गर्नेछ’, प्रवक्ता श्रेष्ठले आइतबार दिउँसो सामाजिक सञ्जालमा लेखेका छन्, ‘‪यसलाई स्थायी कमिटीमा प्रस्तुत गरी खुला र विवेकपूर्ण छलफल गरी संस्थागत निर्णय गरिनेछ।‬’

प्रवक्ता श्रेष्ठ लगायतका नेता कार्यदल गठनप्रति असन्तुष्ट रहेको समाचार सार्वजनिक भइरहेको बेला उनले कार्यदलको गठनका बारेमा भ्रामक प्रचार गर्नु नितान्त गलत भएको बताएका हुन्। ‬

श्रेष्ठले पार्टी एकतालाई सुदृढ गर्न स्वस्थ वैचारिक राजनीतिक छलफल र बहसलाई प्रोत्साहित गर्नुपर्ने बताए।

‘एउटा कुरामा भने हामी सबै सचेत र गम्भीर बनौं,पार्टीभित्र केही विषयमा कुनै छलफल, बहस र संघर्ष भयो कि पार्टी फुट्ने खतरा उत्पन्न भैहाल्नु उपयुक्त हुँदैन’, उनले ट्विटरमा लेखेका छन्, ‘बरु पार्टी एकतालाई सुदृढ गर्न स्वस्थ वैचारिक राजनीतिक छलफल र बहसलाई प्रोत्साहित गरिनु पर्दछ।’

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad