राजनीति


तालिबानको रिहाई खतरा हो तर शान्तिको लागि आवश्यक छः अफगान राष्ट्रपति

तालिबानको रिहाई खतरा हो तर शान्तिको लागि आवश्यक छः अफगान राष्ट्रपति

नेपालखबर
साउन ३१, २०७७ शनिबार ८:३२,

अफगान सरकारले सरकारको जेलमा रहेका कम्तीमा पनि ४०० बाहेकका अरु तालिबानलाई जेलमुक्त गरेको छ। तालिबानीलाई जेलमुक्त गर्न उनले नै आदेश दिएका हुन्।

अफगानिस्तान सरकारले यसरी सरकारको जेलमा रहेका कम्तीमा पनि ४ हजार ६०० जति तालिबानलाई मुक्त गरिदिएको छ। तर पनि जेलमा रहेका अरु ४०० जना जति तालिबानलाई भने अफगानिस्तानको सरकारले रिहा नगर्ने जनाउँदै आएकोमा उनीहरुलाई पनि रिहाई गरिने जनाइएको छ।

यसरी तालिबानीहरु जेलमुक्त भइरहेकै बेला राष्ट्रपति गनीको यस्तो प्रतिक्रिया आएको हो।

उनले शनिबार भनेका छन्,‘तालिबानहरुलाई सरकारको जेलबाट मुक्त गर्ने काम खतरापूर्ण त हो तर पनि अफगानिस्तानको शान्तिका लागि भने यो आवश्यक काम हो।’

संयुक्तराज्य अमेरिकासँग गत फेब्रुअरीमा तालिबानी समूह र अफगानिस्तानको सरकारका प्रतिनिधिबीच भएको सम्झौतामा हाल अफगान जेलमा रहेका पाँच हजार जना तालिवानी लडाकूहरुलाई रिहा गर्नुपर्ने भन्ने छ।

यसै बमोजिम पछिल्लोपटकको रिहाईसँगै अफगान सरकारले चार हजार ६०० जना बन्दीलाई जेलमुक्त गरिदिएको जनाएको छ। तर पनि जघन्य प्रकृतिको हत्याका आरोपीहरुलाई सरकारले रिहा गर्न नहुनेभन्दै पश्चिमाहरुले प्रश्न गरेका छन्। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad