राजनीति


पार्टी विवाद नसुल्झेपछि नेकपाका ५० सांसदले सुरु गरे हस्ताक्षर अभियान

पार्टी विवाद नसुल्झेपछि नेकपाका ५० सांसदले सुरु गरे हस्ताक्षर अभियान

नेपालखबर
साउन २५, २०७७ आइतबार ७:५८,

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ५० जना भन्दा बढी सांसदले पार्टी एकताका लागि शीर्ष नेताहरुलाई दबाब अभियान सुरु गरेको बताएका छन्।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले नेतृत्व गरेका तीनै पक्षमा आवद्ध ५० सांसदले आइतबार अपरान्ह सिंहदरवारमा पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन्।

सो अभियानमा संलग्नमध्येका एकजना विशाल भट्टराईले नेकपा विभाजनले देशमै संकट उत्पन्न हुने भन्दै त्यसलाई रोक्न सांसदहरुले हस्ताक्षर अभियान सुरु गरेको बताए। उनका अनुसार सबै नेताहरुलाई दबाब दिनका लागि हस्ताक्षर सार्वजनिक गर्न लागिएका बताए।

‘नेकपा विभाजन भए अहिले शासन प्रणाली, संविधान र गणतन्त्र समेत धरापमा पर्छ। पार्टी विभाजनका गतिविधिलाई रोक्नका लागि हस्ताक्षर गरेका हौं,’ भट्टराई भने, ‘हामीले आफ्नो धारणा आज सार्वजनिक गर्छौं। माग पुरा गराउन आवश्यक प¥यो भने नेताहरुका निवासमै धर्ना समेत दिने छौं।’

सत्तारुढ दल नेकपाभित्र बैशाख यता तीव्र शक्ति संघर्ष देखिएको छ।

असार १० गते सुरु भएको स्थायी कमिटीको बैठक विवादका कारण असार २० यता बैठक बस्न सकेको छैन।

कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालको नेतृत्वमा पार्टीका बहुमत सदस्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले पार्टी र सरकार दुवै राम्रोसँग सञ्चालन नगरेको आरोप लगाउँदै राजीनामाको माग गरेका छन्।

ओलीले भने आफूले दबाबमा पद नछाड्ने बताउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad