ad ad

राजनीति


चीनले दक्षिण चीन सागरमा अवरोध खडा गरेर मूल्य तिर्ने जोखिम उठायो: जापान

चीनले दक्षिण चीन सागरमा अवरोध खडा गरेर मूल्य तिर्ने जोखिम उठायो: जापान

नेपालखबर
साउन २४, २०७७ शनिबार १२:१,

जापानका रक्षामन्त्री तारो कोनोले चीनले दक्षिण चीन सागरमा जोखिम मोले उसले अन्तर्राष्ट्रिय समुदायबाट कडा जवाफ पाउने चेतावनी दिएका छन्।

कोनोले सीएएनसँग भनेका छन्,‘जसले दक्षिण चीन सागरको यथास्थितिको अवस्थालाई परिवर्तन गर्ने प्रयास गरेका छन् उनीहरु ठूलो मूल्य तिर्न बाध्य हुनेछन्।’

चीनले विवादित जलक्षेत्र दक्षिण चीन सागरमा कृत्रिम टापुको निर्माण गरेर सेना तथा हतियारहरु तैनाथ गरेको छ। दक्षिण चीन सागर आफ्नो भएको दाबी गर्ने मुलुकहरुले चीनको यस कार्यको विरोध गरेका छन्।

यसबीचमा अमेरिका, अस्ट्रेलियासँगै जापानले पनि चीनको विरोध गरेको हो।

चीनसँगै ब्रुनाइ, मलेसिया, फिलिपिन्स, ताइवान तथा भियतनामले पनि यस सागर आफ्नो भएको दाबी गर्दछ।

यसबीचमा अमेरिकाले हालै आफ्ना सहयोगी राष्ट्रको सुरक्षाको लागि भन्दै यस विवादित जल क्षेत्रमा सैन्य अभ्यास गरेको थियो।

चीनले अमेरिका यस क्षेत्रको दाबीकर्ता नभएको र उसले यस क्षेत्रमा सैन्य अभ्यास गर्नु अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको बताएको थियो।

अमेरिकाले भने आफ्ना सहयोगी राष्ट्रको सुरक्षा गर्नु आफ्नो कर्तव्य भएको बताउँदै आएको छ।

अन्तर्राष्ट्रिय अदालतले सन् २०१६ मा दक्षिण चीन सागरलाई चीनले दाबी गर्नु अवैधानिक र आधारहीन कार्य भएको बताएको थियो।

अमेरिका लगायतका मुलुकले चीनले अन्तर्राष्ट्रिय अदालतको फैसला मान्नुपर्ने बताएका छन्। चीनले भने दक्षिण चीन सागरको विषय आन्तरिक मामिला भएकाले यस विषयमा हस्तक्षेप नगर्न चेतावनी दिँदै आएको छ। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .