नेपाली कांग्रेसले रुपन्देहीको तिलोत्तमा नगरपालिकाअन्तर्गत सिद्धार्थ राजमार्गको बीच भागमा राखिएका गौतम बुद्धका मूर्तिहरु तोडफोड गर्नेलाई यथाशीघ्र कानूनी कारबाहीको माग गरेको छ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बिहीबार विज्ञप्तिमार्फत विश्वमा नेपाललाई चिनाउने शान्ति र सहअस्तित्वलाई प्रेरित गर्ने भगवान् गौतम बुद्धको मूर्तिहरुलाई तोडफोड गर्नु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान भएको उल्लेख गर्दै सो निन्दनीय एवं आपत्तिजनक कार्य गर्ने दोषीलाई करबाही गर्न माग गरेका छन्।
यो पनि: जन्मस्थलमै बुद्धका मूर्ति तोडफोड
3
Shares

प्रतिक्रिया